logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • दुर्घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीको बयान– कुनैपनि शव चिनिने अवस्थामा छैनन्, यहाँको अवस्था भयावह छ

    दुर्घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीको बयान– कुनैपनि शव चिनिने अवस्थामा छैनन्, यहाँको अवस्था भयावह छ

    2.8K
    Shares

    काठमाडौं । आइतबार बिहानदेखि हराएको तारा एयरको विमान मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको पुष्टि भएपनि मौसमका कारण सुरक्षा निकाय दुर्घटनास्थलमा अझै पुग्न सकेको छैन ।

    सुरक्षा निकाय भन्दा अगावै स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली भने घटनास्थलमा पुगेको छ । शेरचनका अनुसार विमान क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् ।

    ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’

    उनी राति नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend