काठमाडौं । आईतबार बिहानबाट सम्पर्कविहीन भएको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा अहिले प्रहरीको उद्धार टोली पुगेको छ ।
नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम फिस्टेल एयरबाट दुर्घटनास्थलमा पुगेको हो ।
थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार धेरै यात्रुहरूको शव चिनिने अवस्थामा छैन । केही शव टुक्रा परेका छन् । प्रहरीले अहिले शव खोजीरहेको छ ।