logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विमान दुर्घटनास्थलबाट सुमित गौचनले भने : शवहरु जलेको अवस्थामा छैनन, पहिचान गर्न गाह्रो हुदैन

    विमान दुर्घटनास्थलबाट सुमित गौचनले भने : शवहरु जलेको अवस्थामा छैनन, पहिचान गर्न गाह्रो हुदैन

    6.4K
    Shares

    काठमाडौं । तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परी मृत्यु भएका शवहरु जलेको अवस्थामा नरहेको प्र्त्यक्षदर्शीले बताएका छन् ।

    विममान दुर्घटनास्थलबाट प्रत्यक्षदर्शी सुमित गौचनले सुनौलो नेपालसँग कुराकानी गर्दै भेटिएका शवहरु टुक्रिएपनि नजलेको बताएका छन् ।

    कोहीका्े टाउको छैन कोहीको पेटबाट छुट्टिएर अलग अलग भएको छ कोही महिला कुर्ता सुरवालसँग छन् ।’ उनले भने ‘महिला पुरुष पहिचान गर्न सकिन्छ र शवहरु छुट्टाउन त्यति गाह्रो हुने देखिएको छैन ।’ उनका अनुसार ४ जना सेर्पा र नेपाली सेना तथा नेपाल प्रहरीको उद्धार टोलीले अहिलेसम्म १२ ओटा शव संकलन गरेको छ ।

    विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । ४ जना भारतीय नागरिक र १३ जना नेपाली थिए । जर्मन नागरिक २ जना रहेको तारा एयरले जानकारी दिएको छ ।

    आइतबार बिहान ९ बजेर ५५ मा पोखराबाट उडेको जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सोमबार बिहान यार्सागुम्बा टिप्न जानेहरूले फोटो खिचेर पठाएपछि दुर्घटनास्थल पहिचान भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend