काठमाडौं । नेकपा(एमाले)का सांसद भीम रावलले कानून परिवर्तन गरेर भएपनि निजगढ विमानस्थल निर्माण हुनुपर्ने बताए । सर्वोच्च अदालतको आदेश वेवास्ता गरेर भएपनि निर्माण हुनुपर्नेमा उनको जोड छ ।
उनले भने – ‘कुनैपनि किसिमले कानून परिवर्तन गरेर भए कानून परिवर्तन, यदि अदालतले त्यसको चौकिल्ला निर्धारण गरेको छ भने त्यो चौकिल्लामा त्यो अलिकति मिलाएर बनाउँ न । त्यो हे¥याहे¥यै हुन्छ । लड्नु प¥यो भने लडौला मुद्दा । अदातले चाहीँ गर्नु हुने अनि हामीले राष्ट्रको हितमा कार्य चाल्नु नहुने हुन्छ ? अदालत के छुट्टै टापुमा बसेको हो कुनै ? राज्यको अंग होइन ? देश, जनताप्रति जिम्मेवार हुनुपर्दैन ? राष्ट्रको स्वार्थ कहाँ छ भन्नेकुरा हेर्नु पर्दैन ? त्यहाँ बस्ने व्यक्तिहरुले ? पर्छ । यो बन्नैपर्छ ।’