logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली बनाउँदैनौं: मेयर बालेन्द्र साह

    काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली बनाउँदैनौं: मेयर बालेन्द्र साह

    11K
    Shares
    काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली बनाउँदैनौं: मेयर बालेन्द्र साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताएका छन् । सोमवार महानगरपालिकाको मेयरको शपथग्रहणपछि पदभार ग्रहण गर्दै उनले यस्तो बताएका छन् ।

    मेयर साहले काठमाडौं वासीले गरेको पापको भोगी सिसडोवासी भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुशीयाली नमनाउने घोषणा गरे ।

    मेयर साहले भन्नुभयो, ‘हामीले फोहोरको व्यवस्थापन नभएसम्म अन्तरवार्ता, खादा माला लगाएर सेलिब्रेशन गर्दैनौँ । हामीले गरेको पापको भोगी सिसडोलवासीहरु भइरहनुभएको छ । विभिन्न रोगबाट ग्रसित हुनुभएको छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend