काठमाडौं । एमालेको संसदीय दलको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गरेपछि त्यसमाथि धारणा बनाउन एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
संसदमा जेठ १७, १८ र १९ गते बजेटमाथि छलफल हुने कार्यसूची तय भएको छ । संसदमा हुने बजेटमाथिको छलफलमा उठाउने विषयका सम्बन्धमा एमालेका सांसदहरुलाई संसदीय दलका नेता केपी ओलीले निर्देशन दिन सक्ने तयारी रहेको एमाले सांसदहरुले बताएका छन् ।