logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    प्रधानमन्त्रीले भने- निर्मला पन्त प्रकरणको प्रमाण मेटियो

    प्रधानमन्त्रीले भने- निर्मला पन्त प्रकरणको प्रमाण मेटियो

    2.2K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्त हत्या प्रकरणको प्रमाण मेटिएको बताएका छन् ।
    तर प्रमाण मेटिएपनि निर्मलाको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरेरै छाड्ने बताएका छन् ।

    चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्मला पन्तको बलात्कार र हत्यापछि प्रमाण मेट्ने काम भएको भन्दै उक्त घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने बताएका हुन् ।

    ‘बलात्कारजस्तो घटनामा अपराधीलाई क्षमा दिन सकिँदैन, ढिलो चाडो अपराधीलाई कानूनी कठघरामा उभ्याइने छ । महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको छ’, प्रधानमन्त्री देउवाले भने ।

    संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको उनको भनाइ छ ।

    प्रधानमन्त्री देउवाले लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न शून्य सहनशीलताको नीति लिइ कार्य गर्दै आएको बताउँदै आगामी दिनमा यस नीतिलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्ने पनि बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend