logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विमान दुर्घटनाप्रति माओवादी अध्यक्ष प्रचण्डद्धारा दुःख व्यक्त

    विमान दुर्घटनाप्रति माओवादी अध्यक्ष प्रचण्डद्धारा दुःख व्यक्त

    5.8K
    Shares

    काठमाडौं । तारा एयरको विमान दुर्घटनाप्रति पूर्व प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् । साेमबार उनले एक शोक विज्ञप्ती जारी गर्दै विमान दुर्घटनामा मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेका हुन् ।

    ‘यस दुखद घटनामा परी निधन हुनुभएका विमान कर्मचारी र सम्पूर्ण यात्रुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँहरुका शोकाकुल परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदन प्रकट गर्दछु ।’, प्रचण्ले जारी गरेको शोक विज्ञप्तीमा भनिएको छ ।

    प्रचण्डले दुर्घटनाको अनुसन्धानका लागि एक टोली बनाई सत्यतथ्य नागरिक समक्ष ल्याउन पनि सरकारसँग आग्रह गरेका छन् । यद्यपी सरकारले भने यस अघि नै दुर्घटनाको अध्ययनका लागि छानविन समिति गठन गरिसकेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend