बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

तेल बोकेको ट्यांकर पल्टिएर ठप्प भएको पोखरा विमानस्थल सञ्चालनमा

तेल बोकेको ट्यांकर पल्टिएर ठप्प भएको पोखरा विमानस्थल सञ्चालनमा

काठमाडौं । मंगलबार बिहान उडान आवतरण ठप्प भएको पोखरा विमानस्थल सञ्चालनमा आएको छ । बिहान विमानस्थलभित्रै तेलको ट्यांकर पल्टिएपछि करिब एक घण्टासम्म उडान–अवतरण रोकिएको थियो ।

बिहान नौ बजेपछि भने उडान–अवतरण जारी रहेको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले सुनौलो नेपाललाई जानकारी दिए । हवाई जहाजमा तेल भर्न जाँदै गर्दा एउटा ट्यांकर रनवेको नजिकै पल्टिएर तेल पोखिएको थियो ।

पोखरा विमानस्थलका प्रवक्ता सुवेदीले भने ‘संवेदनशील क्षेत्रमा भएकाले आठ बजेदेखि नौ बजेसम्म उडान–अवतरण रोकियो, नौ बजेपछि भने अहिले नर्मल छ।’

विमानस्थलमा तेल पोखिए पनि ठूलो क्षति भने हुन पाएन । पल्टिएको ट्यांकर क्रेनको सहायताले उठाएर तेल पोखिएको स्थान सफा गरिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend