बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

कैलालीमा श्रीमान श्रीमती अलग अलग मृत फेला

कैलालीमा श्रीमान श्रीमती अलग अलग मृत फेला

कैलाली । कैलालीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको जानकारी दिए ।

प्रहरीका अनुसार शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend