logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नायिका विरुद्धको आक्रोशले कबड्डी ४ को प्रदर्शन रोकियो

    नायिका विरुद्धको आक्रोशले कबड्डी ४ को प्रदर्शन रोकियो

    5.1K
    Shares

    काठमाडौं । प्रदर्शनमै रहेको चलचित्र ‘कबड्डी ४’ की नायिका मिरुना मगरले निर्दोष व्याक्तिलाई फसाउन खोजेको भन्दै आक्रोशित बनेका युवाले चलचित्र प्रदर्शनमा रोक लगाएका छन् । नायिका मगर विरुद्ध चाबहिलस्थित चलचित्र प्रदर्शन स्थलमा बिहानैदेखी नायिकाको विरोध गरेका थिए ।

    अभिनेत्री मिरुना मगरलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ एक युवकलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएपछि चावहिलस्थित एफक्युब मल्टिप्लेक्सले फिल्म ‘कबड्डी ४’को प्रदर्शन रोकेको हो । एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको हो । हल प्रशासनका अनुसार स्थिति सामान्य बनेपछि मात्रै फिल्म प्रदर्शन हुनेछ ।

    अभिनेत्री मगर ‘कबड्डी ४’की नायिका समेत हुन् । उक्त फिल्म प्रदर्शनका क्रममा हल भ्रमणमा निस्किएका मगरसहितको कलाकार टोली आइतबार बेलुका सिभिल मलमा पुगेको थियो । सिभिल मलको एक कफी सपमा एक बौद्ध भिक्षुले दुर्व्यवहार गरेको आरोप अभिनेत्रीले लगाएकी छन् ।

    ती युवकलाई रिहाइ गर्नुपर्ने माग गर्दै केएल टावरबाहिर मंगलबार बिहानैदेखि प्रदर्शन भएको थियो । बौद्ध समुदाय र तामाङ संघसंस्थाले फिल्मको पोस्टर समेत जलाएका थिए ।

    प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेका छन् । उनीहरूले अन्यथा ‘कबड्डी ४’ बहिष्कार गर्ने चेतावनी समेत दिएका थिए ।

    मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै तामाङ थरका युवालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । तर, चौतर्फी विरोधपछि उनलाई छाड्ने तयारी गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend