logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बाढीको डरले मेलम्ची आयोजना बन्द, मेलम्चीको पानी पिउन तिहारसम्म कुर्नुपर्ने

    बाढीको डरले मेलम्ची आयोजना बन्द, मेलम्चीको पानी पिउन तिहारसम्म कुर्नुपर्ने

    3.5K
    Shares

    काठमाडौं ।वर्षामा बाढी आउने डरले सरकारले मेलम्ची खानेपानी आयोजनाको ढोका बन्द गरेको छ ।सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूल ढोका सरकारले बन्द गरेको हो । योसँगै काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी पिउने सपनामा पनि ढोका लागेको छ ।

    प्रिमनसुन सक्रिय भएपछि मेलम्ची खानेपानी विकास समितिले सुरुङको ढोका बन्द गरेको हो । बाढी आउने गरी मनसुन सक्रिय हुने अवस्था आएलगत्तै आयोजनाबाट पानी ल्याउन रोक्ने समितिको तयारी थियो । आयोजनाका प्राविधिकहरु मंगलबार सुरुङको मुख बन्द गरेर फर्किएका छन् ।

    गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो । अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिएको आयोजनाका एक अधिकारीले बताए ।

    उनका अनुसार जल तथा मौसम विज्ञान विभागसँग मौसमी अवस्थाबारे परामर्श लिएर सुरुङ बन्द गरिएको हो ।‘असोज मसान्तसम्मका लागि भनेर सुरुङ बन्द गरेका हौं, त्यो बेलासम्म मौसम र वर्षाको अवस्था कस्तो हुन्छ, त्यही हेरेर सुरुङको ढेका खोल्छौं,’ उनले भने । ‘नियमित वर्षायाम सकिएपछि फेरि मेलम्चीको पानी सुरुङमा हाल्ने र काठमाडौं ल्याएर वितरण थाल्ने योजना समितिको छ ।

    मेलम्चीको तटीय क्षेत्रमा अझै पहिरोको जोखिम छ भने लेदोसहितको बाढीको जोखिम टरेको छैन । त्यसैले मनसुन सक्रिय भएपछि मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिएको बताउँछन् ।

    १ असार २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको आयोजनाको मुहानस्थल सफा गरेर अहिले मेलम्चीको पानी सुरुङभित्र सोझै हालिएको छ । प्राविधिकहरुका बालुवा थिग्रयाउन बनाएको संरचना समेत बाढीले पुरेकाले बाढी आएको समयमा खुला राखेमा सुरुङ नै ‘कोल्याप्स’ हुने जोखिम हुन्छ ।

    मेलम्ची खानेपानी आयोजनाका अनुसार नाकोटेमा बाढीको तह जाँच गर्ने प्रविधि जडान गरिएको छ । सो संयन्त्रले नदीमा पानीको सतह नाप गरेर खतराको तह पार गरेको सूचना दिन्छ । तर, सो संयन्त्रमा नै भर पर्न सकिने अवस्था भने नरहेको अधिकारीहरु बताउँछन् ।

    बाढी आउन थालेपछि बन्द हुने सुरुङ तिहारपछि खोल्न सकिने विश्वास गरिएको छ । वषरमा सुरुङ बन्द राखियो भने वर्षमा कम्तिमा ८ महिना पानी खुवाउन सकिने आयोजनाको भनाइ छ ।

    आयोजनाका अनुसार अहिले एशियाली विकास बैंक एडीबीले मेलम्चीको माथिल्लो तटीय क्षेत्र र मुहानस्थलको अवस्थाबारे अध्ययन गरिरहेको छ । एडीबीको प्रतिवेदनअनुसार नै आयोजनालाई सुरक्षित राख्ने गरी स्थायी निर्माणको काम सुरु हुनेछ ।

    १ असार २०७८मा सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवर्क्स क्षेत्रमा क्षति पुगेको थियो ।

    त्यसपछि निरन्तर आएको बाढीले बगाएर ल्याएको गेग्र्यानले डाइभर्सन सुरुङ र दुई वटा अडिट टनेलको मुख थुनेको थियो । ठेकदार कम्पनी सिनो हाइड्रोले बाहिरी भागमामा ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्र्यान हटाउने काम गरेको थियो ।

    बाढीपहिरोले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क्स’का संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । हेडवक्र्स क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ बनाउनुपर्ने हुनसक्छ ।

    अहिले एसियाली विकास बैंकले आयोजनाको अवस्था र जोखिबारे अध्ययन गरिरहेको छ । सरकारले त्यकै आधारमा भरपर्दो रुपमा मेलम्चीको पानी पथान्तरण गर्ने योजना बनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend