काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव पेस भएको छ । मंगलवार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव राष्ट्रिय सभामा पेस गरेका हुन् ।
अर्थमन्त्री शर्माले भने, ‘आर्थिक वर्ष २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव पेस गर्दछु ।’
अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव पेस भएसँगै राष्ट्रिय सभामा छलफल चलिरहेको छ ।