logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रमा वृद्धि हुनु क्रान्तिकारी छलाङ: वर्षमान पुन

    आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रमा वृद्धि हुनु क्रान्तिकारी छलाङ: वर्षमान पुन

    2.8K
    Shares

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रमा ३२ प्रतिशतले वृद्धि हुनु क्रान्तिकारी छलाङ भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा आ.व. २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान माथि छलफलमा भाग लिदैँ सांसद पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रले संरचनागत परिवर्तनको दिशा पक्रेको बताए ।

    उनले कृषि क्षेत्रमा ३२ प्रतिशतले बजेट वृद्धि हुनु क्रान्तिकारी छलाङ भएको बताए । सांसद पुनले कृषिको आधुनिकिकरण, वैज्ञानिकिकरण गर्दै उत्पादन वृद्धिको कुरा बजेटमा समेटिएको उल्लेख गरे । उनले भने – ‘वर्षैभरि काम गर्ने तर खान पनि नपुग्ने अवस्थालाई अन्त्य गर्नका लागि कृषि क्षेत्रको आधुनिकिकरणको कार्यक्रम आएको छ । कृषि क्षेत्रलाई वैज्ञानिकीकरण गर्ने कुरा आएको छ । कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने कुरा आएको छ । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने र व्यवसायिकरण गर्दै त्यसको नेतृत्व, दिशानिर्देश गर्ने जिम्मा संघ, प्रदेश र स्थानीय तहले जिम्मा लिने कुरो गरेको छ । र त्यो आफैमा एउटा नयाँ विषय आएको छ । र संरचनागत परिवर्तनको दिशा पक्रेको छ यसले । कृषिमा ३२ प्रतिशतको अहिले बजेटको वृद्धि भएको छ । यो आफैँमा एउटा क्रान्तिकारी छलाङ नै हो ।’

    उनले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने र व्यवसायिकरण गर्दै त्यसको नेतृत्व गर्ने जिम्मा संघ, प्रदेश र स्थानीय तहलाई दिने कुरा नयाँ विषय भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend