logo

२०८१ माघ १३ आइतबार

logo
  • आइतबार, १३ माघ २०८१
  • दुर्घटनाले प्राधिकरणलाई मिलेको शिक्षा : मौसम सफा नहुँदासम्म उडान अनुमति नदिने

    दुर्घटनाले प्राधिकरणलाई मिलेको शिक्षा : मौसम सफा नहुँदासम्म उडान अनुमति नदिने

    1.9K
    Shares

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अब प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित आन्तरिक रुटको मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने भएको छ । आइतबार तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको मृत्यु भएसँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली भीएफआर रहेको रुट र जहाजको हकमा लागू हुनेछ ।

    ‘उडान सुरक्षालाई मध्यनजर गरी यो नियम कडाइका साथ लागू गर्ने निर्णय भएको छ’ उनले भने । अहिले जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा भएको निश्चित भए पछि जहाजहरुलाई उडानको अनुमति दिने गरिएको छ । पछिल्लो निर्णयपछि अब जहाज उड्ने रुटको मौसम समेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने भएको छ । यसको कडाइका साथ पालना गरिने समेत कर्णले बताए ।

    प्राधिकरणका अनुसार इनरुटको मौसम कस्तो छ भन्ने विवरण भने जल तथा मौसम विज्ञान विभागको तथ्यांकलाई आधार मानिनेछ । प्राधिकरणको सर्कुलर अनुसार जहाजहरु कुनै पनि जोखिम मोलेर उडाउनु हुँदैन ।

    आइतबार भएको तारा एयरको जहाज दुर्घटनाबारे जाँच आयोग गठन भएको छ । दुर्घटनाको कारण सोही आयोगले पत्ता लगाउने छ । तर, तारा एयरको जहाज दुर्घटनामा प्रतिकुल मौसम मूख्यका कारण रहेको प्रारम्भिक अनुमान गरिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जानकारी गराएका थिए । सो क्षेत्रमा प्रतिकुल मौसमले आकस्मिक उद्धारमा समेत समस्या आएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend