काठमाडौं । मंगलबार सेयर बजार सूचक नेप्सेमा ३५ अंकमाथिको गिरावट आएको छ । बजार खुलेदेखि नै निरन्तर घट्दो दरमा रहेको नेप्से सूचक अन्तिसमयसम्म आइपुग्दा ३५.५३ अंकले घट्दै २१ सय ३७.९२ विन्दुमा रोकिन पुगेको हो ।
अघिल्लो दिन ५० अंकमाथिले घट्दै नेप्से सूचक २१ सय ७६ विन्दुमा झरेको थियो । यस दिन समग्र सूचकमा ३५ अंकको गिरावट आउँदै गर्दा कारोबार रकम समेत १ अर्ब ३१ अर्बमा सीमित हुन पुगेको छ । कुल २२९ कम्पनीका झण्डै ३७ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा आज जम्मा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।
१३ वटा उपसूचक मध्ये म्युचुअल फन्ड बाहेकका अन्य १२ वटा उपसूचकहरु ऋणात्मक भएका छन् । सबैभन्दा बढी निजीवन बीमाका लगानीकर्ताहरूले आज २.५६ प्रतिशतले गुमाएका छन् भने म्युचुअल फन्डका लगानीकर्ताहरूले ०.४५ प्रतिशतले कमाएका छन् ।