logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मतगणना चलिरहदा बालेन केपी ओलीलाई भेट्न बालकोट पुगेको खुलासा

    मतगणना चलिरहदा बालेन केपी ओलीलाई भेट्न बालकोट पुगेको खुलासा

    7K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मतगणना चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता गरेको खुलासा भएको छ । बालेन ओलीकै निवास बालकोट पुगेर भेटेको खुलासा भएको हो । भेटमा के के कुरा भयो भन्ने विवरण भने अहिलेसम्म दुवै पक्षले गोप्य राखेका छन् ।

    बालेनको चुनावी टिमका सदस्य कुमार बेनले ओलीसँग भेट भएको पुष्टि गरेका छन् । बेनका अनुसार मतगणना सकिने अघिल्लो दिन बालेनसहितको समूह बालकोटमा पुगेको थियो । उनले भेटको विवरण चाँडै सार्वजनिक गर्ने जानकारी दिए ।

    बालेनकै प्रस्तावमा यो भेटघाट भएको स्रोतको भनाइ छ । चुनावअघि पनि बालेन ओलीसँग भेट्न इच्छुक थिए । तर, तारतम्य मिलेको थिएन । बालकोटमा ओलीले सुरुमा बालेनको टिमसँग सामूहिक र त्यसपछि बालेनसँग एक्लै कुराकानी गरेको स्रोतले बतायो ।

    समकालीन नेताहरुमा आफूलाई ओलीबाटै आशा भएको बालेनले बताएको पनि स्रोतको दावी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend