logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • वृद्धभत्ता खाएर बस्न शीर्ष नेतालाई डा.पौडेलको आग्रह

    वृद्धभत्ता खाएर बस्न शीर्ष नेतालाई डा.पौडेलको आग्रह

    4.6K
    Shares

    काठमाडौं । राष्ट्रिय सभा सदस्य डा.विमला राई पौडेलले वृद्धभत्ता पाउने उमेर घटाएकोमा आपत्ति जनाएकी छन् ।मंगलबार राष्ट्रियसभामा भएको बजेट छलफलमा भाग लिँदै उनले सरकारले वृद्धभत्ता पाउने उमेर ६८ बनाएर देशमा आर्थीक भार थपेको भन्दै आपत्ति जनाएकी हुन् ।

    उनले शीर्ष नेताहरुलाई वृद्धभत्ता खाएर बस्न आग्रह समेत गरेकी छन् । उनले ६८ वर्षमा नै काम गर्न नसक्ने भन्ने हो भने प्रधानमन्त्रीसहित शीर्ष नेताहरु भत्ता खाएर बस्नुपर्ने धारणा व्यक्त गरिन् ।

    ‘अहिले जुन काम गर्न नसक्ने भनेर ६८ वर्ष राख्नुभएको छ, प्रधानमन्त्रीज्यू अस्तिनै पुगिसक्नुभएछ ६८ त । अरु शीर्षस्थ नेताहरु सबै ६८ वर्ष पुगिसक्नुभएको छ । उहाँहरु सबैले काम गर्न छोडेर भत्ता खाएर बस्नुस् भन्छु म । काम गर्न सक्नुहुन्न भने । ५ महिनाको सरकारले यसरी दायित्व थप्न मिल्छ ? यो उमेर घटाउने बेला हो ?’

    मुलुक आर्थिक संकटमा फसिरहेको बेलामा सरकारको यो निर्णयले देशलाई नै आर्थिक भार बढाउने सांसद पौड्यालको भनाइ छ ।

    ‘जति औसत आयु बढ्दै जान्छ, त्यति भत्ता पाउने उमेर बढाउनुपर्छ । प्राकृतिक नियम त्यो हो । तर हाम्रोमा नियम पछाडि दौडेको छ । दुई वर्ष घटाइएको छ । यो घटाउँदा कति आर्थिक दायित्व पर्छ भन्ने कुरा थाहा छैन । अर्को सरकारले क्रमशः ६५, ५५ बनाउँछु भन्यो भने के गर्ने ?’ उनले भनिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend