logo

२०८१ माघ १३ आइतबार

logo
  • आइतबार, १३ माघ २०८१
  • मेयर जित्ने पक्का भएपछि ओलीको आर्शीवाद लिन पुगेका थिए बालेन

    मेयर जित्ने पक्का भएपछि ओलीको आर्शीवाद लिन पुगेका थिए बालेन

    3.7K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मतगणना चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता गरेको खुलासा भएको छ । बालेन ओलीकै निवास बालकोट पुगेर भेटेको खुलासा भएको हो । भेटमा के के कुरा भयो भन्ने विवरण भने अहिलेसम्म दुवै पक्षले गोप्य राखेका छन् ।

    बालेनको चुनावी टिमका सदस्य कुमार बेनले ओलीसँग भेट भएको पुष्टि गरेका छन् । काठमाडौंको मेयर बन्ने पक्का भएपछि शाह ओलीलाई भेट्न उनकै निवासमा पुगेका हुन् । बेनका अनुसार मतगणना सकिने अघिल्लो दिन बालेनसहितको समूह बालकोटमा पुगेको थियो ।

    बालेनकै प्रस्तावमा यो भेटघाट भएको स्रोतको भनाइ छ । ओली बालेनको मनपर्ने नेता मानिन्छन् । चुनावअघि नै बालेन ओलीसँग भेट्न इच्छुक थिए । तर, तारतम्य मिलेको थिएन । बालकोटमा ओलीले सुरुमा बालेनको टिमसँग सामूहिक र त्यसपछि बालेनसँग एक्लै कुराकानी गरेको स्रोतले बतायो ।

    मेयरको सपथ लिएपछि सबैभन्दा पहिले बालेनले प्रधानसेनापतिलाई भेटेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend