logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘कबड्डी ४’ को प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी

    ‘कबड्डी ४’ को प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी

    9.9K
    Shares

    काठमाडौं । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामासँग ३ हजार धरौटी माग भएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० गोविन्द प्रसाद रिजालले उनलाई ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन् ।

    प्रदर्शनमै रहेको चलचित्र ‘कबड्डी ४’ की नायिका मिरुना मगरले निर्दोष व्याक्तिलाई फसाउन खोजेको भन्दै आक्रोशित बनेका युवाले चलचित्र प्रदर्शनमा रोक लगाएका छन् । नायिका मगर विरुद्ध चाबहिलस्थित चलचित्र प्रदर्शन स्थलमा बिहानैदेखी नायिकाको विरोध गरेका थिए ।

    मिरुनाले माफी माग्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको समूहले ‘कबड्डी ४’ को प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी दिएको छ । बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार एक संस्थाको नाममा उजुरी परेको हो । उनले भने, ‘उजुरी आएको छ । हामी अनुसन्धान गर्दैछौं । त्यसपछि निर्णय लिन्छौं ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend