logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • विमानहरु थ्रेसहोल्डमा चल्छन् वा चल्दैनन् भन्ने कुरा राष्ट्रियरुपमा अनुगमन गर्न आवश्यक छ: धर्मराज उप्रेती

    विमानहरु थ्रेसहोल्डमा चल्छन् वा चल्दैनन् भन्ने कुरा राष्ट्रियरुपमा अनुगमन गर्न आवश्यक छ: धर्मराज उप्रेती

    3.2K
    Shares

    काठमाडौं । मौसमसम्बन्धी पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । जेठ १५ गते भएको तारा एयरको विमान दुर्घटना खराब मौसम हुँदाहुँदै उडान भरेको भन्ने तथ्यहरु सार्वजनिक भइरहेको र विगतका केही विमान दुर्घटनाहरु पनि पूर्वानुमान विपरित् उडान गर्दा दुर्घटना भएको भन्दै विज्ञहरुले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

    जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले कुनैपनि विमानहरु थ्रेसहोल्ड (सीमा) मा चल्छन् वा चल्दैनन् भन्ने कुरा राष्ट्रियरुपमा अनुगमन गर्न आवश्यक रहेको बताए । उनले विगतमा पनि अधिकांश विमान दुर्घटना मौसम प्रतिकुलमा चलाएका कारण भएको बताए । जलवायुको अवस्थालाई मध्यनजर गरी विमान उडाउने अन्तर्राष्ट्रिय अभ्यास भएको तर नेपालमा भने आन्तरिक उडानको क्रममा पूर्व सूचना प्रणालीलाई प्राथमिकता नदिएको टिप्पणी गरे । उनले आगामी दिनमा पूर्व सूचना प्रणाली कार्यान्वयन भए नभएको सुक्षम नियमन नगरे ठूलो जोखिम निम्तिने चेतावनी दिए । उनले जल तथा मौसम विज्ञान विभाग र निजी एयरलाइन्सबीचको तलमेल नमिल्दा पनि यस्तो दुर्घटना हुनसक्ने बताए । जलवायु विज्ञ उप्रेतीले एयरलाइन्सले पाइलटलाई दबाव सिर्जना गरेर विमान उडाउन लगाएको हुनसक्नेतर्फ पनि सरकारले नियमन गर्नुपर्ने बताए ।

    यता जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले विभागले तीन दिनको पूर्वानुमान सम्बन्धित सरोकारवाला निकायहरुलाई सही समयमा गराइरहेको बताए । उनले ग्राउण्डमा रहेका विभागका अवलोकनका नेटवर्कहरुबाट प्राप्त सूचनालाई सही समयमै सम्बबन्धित निकायलाई हरेक दिन बिहान र बेलुका ६ बजे उपलब्ध गराइएको बताए । महानिर्देशक जोशीले कृषि, जलश्रोत विकास पूर्वाधार, पर्यटन र विपद् न्यूनिकरणको लागि सम्बन्धित निकायहरुमा पूर्व सूचना दिने गरेको बताए ।

    उनले भने, ‘हाम्रो ग्राउण्डमा हाम्रा अब्जर्बेशन नेटवर्क स्टेशनहरु हुन्छन् । त्यसको आधारमा प्राप्त सूचनाहरुलाई अहिलेको प्रविधि र उपकरणहरुको माध्यमले मोडेलको आधारमा हामीले प्रोसेस गरेर पूर्वानुमान गर्दछौँ । नेपालमा अहिले पूर्वानुमानको एनडब्ल्यूपी प्रोडक्ट प्रयोग गर्दछौँ । सोही आधारमा तीन दिनको पूर्वानुमान बिहान ६ र बेलुका ६ बजे सरोकारवाला निकायहरुको लागि सही समयमा सही सूचना दिने गरेका छौँ । सूचना लिने निकायहरुमा नेपाल कृषिप्रधान देश भएको भएर कृषि एक नम्बर, दोस्रो नम्बरमा जलश्रोत विकास पूर्वाधारको आधारमा दोस्रो र तेस्रोमा पर्यटन र चौथोमा विपद् न्यूनिकरणको लागि सम्बन्धित निकायहरु छन् । सही सूचना सही समयमा प्राप्त भएर सही निर्णय समयमा हुँदैन भने त्यो सूचनाको खासै महत्व रहँदैन । नेपालको केसमा पनि गत सालकै पोस्ट मनसुनको कुरा गरौँ । कार्तिक एकमा जुन बेमौसमी वर्षा भयो । बेमौसमी वर्षा हुनुभन्दा तीन दिनअघि हामीले सूचना प्रवाह गरिसकेका थियौँ । सूचना प्रवाह मात्रै होइन, विशेष बुलेटिन नै जारी गरेका थियौँ । तर भर्खरै मनसुन सकिएको, चाडपर्वको मुखमा रमाइरहेको अवस्थामा यो मौसमले यस्तो गर्दछ भनेर कसैले अनुमान गरेर एक्शनमा जाने प्रयास नगर्दाको हाम्रो कृषि बालीमा क्षति व्यहोर्नुप¥यो त्यसको मुख्यकारण बुझाईमा अभाव रहेको छ ।’

    महानिर्देशक जोशीले गत वर्षको मनसुनपछि पनि विभागले पूर्वानुमानको सूचना निकालेको तर पालना गर्न नसक्दा कृषिमा ठूलो क्षति भएको बताए । उनले अझै पनि आम नागरिकहरुमा मौसम पूर्वानुमानबारे बुझाईको कमी भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend