logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अबदेखि विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान गर्नसक्ने

    अबदेखि विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान गर्नसक्ने

    3.8K
    Shares

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान गर्नसक्ने निर्णय गरेको छ । जेठ १५ गते पोखराबाट जोमसोम उडान गरेको तारा एयरको विमान दुर्घटना भएसँगै विमानले यस्तो निर्णय गरेको हो ।

    यसअघि मौसमसम्बन्धी विमानस्थलबाट लिनुपर्ने कानूनी बाध्यता थिएन । नेपाल नागरिक उड्डयन नियमावली २०५८ को परिच्छेद १० मा यो अधिकार प्रमुख चालकलाई हुने प्रावधान थियो । तर अब भने चालकमाथिको अधिकार विमानस्थल प्रमुख र त्यहाँका टावरहरुलाई दिने निर्णय भएको प्राधिकरणमा प्रवक्ता चन्द्रलाल कर्णले बताए ।

    उनले भीएफआर उडानको सन्दर्भमा यसअघि प्रस्थान विमानस्थल र गन्तव्य विमानस्थलहरुको मौसमको आधारमा उडानको अनुमति दिने गरिएको भएपनि अब प्रस्थान र गन्तव्यसम्मको एयररुटको मौसम सफा भएमा मात्र उडान भर्न सकिने व्यवस्था गरिएको बताए । उनले आइकीओको डकुमेण्ट र नेपालबाट प्रतिवादित कानूनहरुले भीएफआर फ्लाइट क्लाउडमा पस्नुहुँदैन भनेको तर पछिल्ला केही घटनाहरुलाई नियाल्दा विमानहरु क्लाउडमा बादलभित्र पसेको पाएकाले भीएफआर जहाजहरु बादलभित्र नपसुन् भन्ने हेतुले यो अधिकार विमानस्थललाई दिएको स्पष्ट पारे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend