काठमाडौं । नायिका मिरुना मगर र फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो ।
सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।