
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले बजेट श्रेयको दौडमा दोडिने विषय नभएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै बस्नेतले यस्तो टिप्पणी गरेका हुन्।
सांसद बस्नेतले बजेट कसले ल्याएको भनेर श्रेय लिनुभन्दा पनि समस्या समाधान गर्ने दिशामा उन्मुख हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘कुनै बेला वृद्धभत्ता १०० रुपैयाँ थियो। त्यसले एउटा मार्गचित्र बनाएको थियो। अहिले व्यवस्थित बन्दैछ, वृद्धभत्ता बढ्दैछ। एकै वर्षमा सफलता मिल्दैन।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend