काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन अहिलेको बजेटले आम मानिसको जीवन परिवर्तन गर्न नसक्ने बताएका छन् । आगामी निर्वाचनलाई लक्षित गरेर मात्र बजेट ल्याइएको भन्दै उनले यो बजेटले आर्थिक संकट र मूल्यवृद्धि रोक्न नसक्ने जिकीरसमेत गरे ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले भने, ‘इमान्दारीपूर्वक भन्नुपर्छ यसले हाम्रो जीवनमा परिवर्तन गर्न सक्दैन । अहिले जुन प्रकारको आर्थिक संकट देखिंदै गएको छ, जुन प्रकारको मूल्यवृद्धि देखिंदै गएको छ त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन । यो बजेट केबल निर्वाचन लक्षित छ । आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ ।’
अध्यक्ष लिङ्देनले यो बजेटको स्रोत र यसको कार्यान्वयनका आधारहरु स्पष्ट नभएको बताए ।