logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पूर्वाग्रही राजनीतिक संस्कृतिबाट मुक्त हुनुपर्छ: जितेन्द्रनारायण देव

    पूर्वाग्रही राजनीतिक संस्कृतिबाट मुक्त हुनुपर्छ: जितेन्द्रनारायण देव

    3K
    Shares

     

    काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले पूर्वाग्रही राजनीतिक संस्कृतिबाट मुक्त हुनुपर्ने बताएका छन् । बुधवार सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा बोल्दै उनले संकीर्णताको राजनीतिक संस्कारबाट माथि उठ्नुपर्ने बेला भएको बताएका हुन् ।

    उनले दक्षिण एशियामा अन्य देशले गर्न नसकेका कामहरु नेपालले गरेर देखाइसकेको भन्दै अहिले पनि सबै एकजुट भएर देश विकासमा लाग्नुपर्ने बताए । राष्ट्रिय सभा सदस्य देवले नयाँ राजनीतिक संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।

    उनले भने, ‘अंगुर खान अन्तिमसमयसम्म मरिहत्ते गर्ने र पाइएन भने यो अंगुर अमिला, नमिठो छ किन खाने भन्ने ? त्यसकारण यो कल्चरबाट मुक्त होऔँ । त्यो संकीर्णताको पोल्टिकल कल्चरबाट, पूर्वाग्रहको पोल्टिकल कल्चरबाट मुक्त होऔँ हामी । हामीले दक्षिण एशियाका देशहरुले गर्न नसकेको काम गरेर देखाएका छौँ । अझै पनि देखाउन सक्छौँ,त्यो क्वालिटी हामीसँग छ । तर कता कता हामी चुकिरहेका छौँ । नयाँ पोल्टिकल कल्चर ठिकलाई ठिक, बेठिकलाई बेठिक भन्ने त्यो कल्चरको विकास गरौँ ।’

    उनले बजेट संगतीपूर्ण अन्तरसम्बन्ध र संश्लेषण गरेर ल्याएको दाबी गरे । उनले बजेटले नेपाली अर्थतन्त्रको समस्या पहिचान र समाधान गर्न खोजेको बताए । राष्ट्रिय सभा सदस्य देवले देशको मुहानमा कमजोरी छ रहेकोले देशको मुहान फेर्नलाई सबै नेपालीहरु उठ्नुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend