काठमाडौं । सत्ता साझेदार दल नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसलाई अहंकार र दम्भ नगर्न आग्रह गरेका छन् । पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो जनाएका हुन् ।
उनले एमालेको जस्तै दम्भ र अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका छन् ।
प्रचण्डले भने, अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानमन्त्री बनायौं। मिहिनेत गरेरै बनाएको हो। देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ। हामीलाई अरू केही छैन’, उनले भने, ‘तर हामी चिन्तित छौं। कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन, स्थानीयमा पनि धेरै ठाउँमा ठेगान लगाइयो। अब संघ र प्रदेशमा पनि ठेगान लगाउने भन्यो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआसोस्।’