logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विमान दुर्घटनामा मृत्यु भएकाको शव पोष्टमार्टम जारी

    विमान दुर्घटनामा मृत्यु भएकाको शव पोष्टमार्टम जारी

    5.8K
    Shares

    काठमाडौं । तारा एयरको ९ एन– ‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर मृत्यु भएका चालक दलका सदस्यसहित २२ जनाको शव पोष्टमार्टम गर्ने काम जारी छ । जेठ १५ मा पोखराबाट उडेको ट्विनअटर सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव पोष्टमार्टम भइरहेको छ । बुधबार १० वटा शवको पोष्टमार्टम सकिएको छ । पोष्टमार्टम सकिएपछि एकैपटक मृतकका आफन्तहरूलाई शव हस्तान्तरण गरिने प्रहरी प्रवक्ता एसएपी विष्णुकुमार केसीले बताए ।‘पोष्टमार्टम सकेर एकैपटक शव हस्तान्तरण गर्छौं ।’ उनले भने ।

    त्रिवि शिक्षण अस्पतालले प्रहरीको सहयोगमा शवलाई नम्बर अनुसार छुट्याएर पोष्टमार्टम गरिरहेको छ । अनुहार चिन्न नसकिने शवहरूलाई आफन्तको सहयोगमा कपडा र खतको आधारमा पहिचान गरिएको शिक्षण अस्पतालका एक चिकित्सकले बताए । मंगलबार ८ वटा शव पोष्टमार्टम गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend