logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • त्रिविको केन्द्रीय कार्यालयमा नेविसंघले लगाएको ताला क्रान्तिकारीले फोड्यो

    त्रिविको केन्द्रीय कार्यालयमा नेविसंघले लगाएको ताला क्रान्तिकारीले फोड्यो

    6.1K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा माघ ७ गते र आंशिक प्राध्यापक संघर्ष समितिले माघ २२ लगाएको ताला नेपाल कम्प्युनिस्ट पार्टी क्रान्तिकारी का कार्यकर्ताले तोडेका छन् ।

    बुधबार ताला तोडेर ‘मध्य केन्द्रीय कमाण्ड’ का इन्चार्ज सफलको नाममा जारी गरिएको विज्ञप्ति टाँसिएको छ । ‘विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउन ताला लगाउने कार्य कोही कसैले गरेमा कडा रुपमा जुनसुकै परिस्थितिको सामना गर्न पनि पार्टी तयार रहेको कुरा जानकारी गराउँछौं ।’ विज्ञप्तिमा लेखिएको छ ।

    नेविसंघका कार्यकर्ताले केही गलत स्वार्थ र मनासय राखेर तालाबन्दी गरेको नेकपा क्रान्तिकारीको आरोप लगाएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री स्वयं विश्वविद्यालयको कुलपति हुँदा महिनौदेखि ताला लगाउनु, उपकुलपतिबाट समस्या समाधान गर्न कुनै चासो नदिएकोमा क्रान्तिकारीले आपत्ति जनाएको छ ।

    विश्वविद्यालयमा तालाबन्दी हुन नदिने वातारण मिलाउन माग गर्दै बन्द, हड्ताल भन्दा पनि वार्ता सम्वादको माध्यमबाट समस्याको समाधान खोजिनुपर्नेमा नेकपा क्रान्तिकारीले जोड दिएको छ ।

    ‘२१ औं शताब्दीमा बन्द हड्ताल भन्दा पनि सम्वादबाटै समस्याको हल खोजिनुपर्छ, जिम्मेवार पक्षलाई ताला खोल्न आग्रह गर्दा कसैको पनि ध्यान नपुगेपछि हामी ताला खोल्ने पक्षमा पुगेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend