logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • किसानले उत्पादन गरेको वस्तुको मुल्य सहज रुपमा पाउनुपर्छ: गोविन्द शर्मा

    किसानले उत्पादन गरेको वस्तुको मुल्य सहज रुपमा पाउनुपर्छ: गोविन्द शर्मा

    6.6K
    Shares

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले किसानले उत्पादन गरेको वस्तुको मुल्य सहज रुपमा पाउनुपर्ने बताएका छन् । बुधबार विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै सचिव डा. शर्माले किसानले उत्पादन गरेको वस्तुको मुल्य सहज रुपमा पाउनुपर्ने बताएका हुन् ।

    उनले त्यसका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए । उपभोक्ताहरुले सहज रुपमा स्वच्छ र सफा दुध उपभोग गर्न पाउने अवस्था बनाउनुपर्नेमा उनले जोड दिए । उनले निर्धक्क भएर दुध उपभोग गर्न सक्ने अवस्था बनाउनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताए ।

    उनले भने– ‘किसानहरुले उत्पादन गरेको मुल्य, किसानहरुलाई उत्पादनमा हामीले सहयोग गर्नुपर्छ र सहजीकरण गर्नुपर्छ । र किसानले उत्पादन गरेको वस्तुको मुल्य पाउनुपर्छ । उपभोक्ताहरुले दुधको स्वच्छ, सफा उत्पादन सहज तरिकाले सबै उपभोक्ताहरुले उपभोग गर्न सक्ने अवस्थामा पु¥याउन हामीले काम गर्नुपर्छ । किसानले गाउँ–ठाउँमा मुल्य नपाउने, उत्पादन गर्दागर्दै पनि मुल्य नपाउने । र उपभोक्ताले धेरै ठाउँमा प्रयोगशालाहरुको रिपोर्टले पनि त्यही भन्छ, हामीले क्वालिटी चिज ढुक्क भएर उपभोग गर्न नपाउने स्थिति जुन छ त्यसलाई हामी सबैले मिलेर काम गर्नुपर्छ । र यसमा देखिएका समस्याहरु हामी एकजुट भयौ भने समस्या समाधान गर्न सक्छौँ ।’

    उनले आगामी आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend