logo

२०८१ माघ १४ सोमबार

logo
  • सोमबार, १४ माघ २०८१
  • पुर्वराजा वीरेन्द्रको सालिक प्रहरीले बल प्रयोग गरि हटाएपछि नेपालगञ्जमा तनाव

    पुर्वराजा वीरेन्द्रको सालिक प्रहरीले बल प्रयोग गरि हटाएपछि नेपालगञ्जमा तनाव

    3.1K
    Shares

    नेपालगञ्ज । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरीसँग झडप भएको हो । सोक्रममा प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको छ ।

    विरोधमा उत्रेका स्थानीय जनतामाथि बल प्रयोग गर्दै प्रहरीले सालिक हटाएको छ । वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो । बिहीबार राजतन्त्र पक्षधर युवाहरुले त्यहाँ नयाँ शालिक राखेपछि प्रहरीले हस्तक्षेप गर्‍यो । यसक्रममा बल प्रयोग गर्दै प्रहरीले शालिक हटाएको छ ।

    झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend