logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • १४ बर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ

    १४ बर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ

    5.4K
    Shares

    रुपन्देही । सामुहिक बलात्कारको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । रुपन्देहीको कन्चन गाउँपालिका रुद्रपुरका ६ जना युवालाई मंगलबार साँझ कपिलवस्तुको बाणगंगाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

    १४ वर्षीया किशोरीको अपहरण गरी रुपन्देहीको कन्चन ४ रुद्रपुरमा सामुहिक बलत्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ५ का निरज कार्की, वडा नम्बर ४ का राहुल सिंन्जाली, सोही ठाउँका सुलभ केसी, कन्चन गाउँपालिका वडा नम्बर ३ का लक्ष्मण रसाईली, अमित कंडेल र सौरव थापा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक जेसी शाहले बताए। उनीहरु सबैजना १९ वर्षका रहेको प्रहरीले जनाएको छ ।

    स्थानीय बजारमा सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी ती किशोरीलाई अपहरण गरी लगेको सूचनाका आधारमा खोजी गर्दा उनीहरुलाई प्रहरीले फेला परेको हो । उनीहरुले अपहरण गरी कन्चन गाउँपालिका वडा नम्बर ४ मा रहेको लक्ष्मण रसाईलीको घरमा सामुहिक बलत्कार गरेको आरोप छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend