काठमाडौं । नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवालीले सरकारले ल्याएको बजेटले आर्थिक अस्थिरता ल्याउन सक्ने बताएका छन् । प्रतिनिधि सभामा बजेट माथीको छलफलमा भाग लिदै एमाले नेता ज्ञवालीले आर्थिक वर्ष २०७९\८० को बजेटले आर्थिक अस्थिरता ल्याउने आशंका व्यक्त गरेका हुन् ।
उनले भने, ‘विश्वको अर्थतन्त्रमा जुन सक हुँदैछ, त्यसलाई अबजर्भ गर्न नसक्ने र थप संकटको पुनरुत्पादन गर्ने हिसाबले आयो यो बजेट, मैले त्यस्तो अपेक्षा गरेको थिएन ।’
अर्थमन्त्री जनार्दन शर्माले जमिन नटेकिकन बजेट ल्याएको भनेर उनले आलोचना गरे । ‘यसले उत्पादन वृद्धि गर्दैन, सरकारी कोषमा पैसा हुँदैन, वितरण गर्न पुग्दैन । व्यापार घाटा घटाउँदैन,’ उनले भने ।