logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • एक सय ९७ तोला चाँदीसहित एक जना पक्राउ

    एक सय ९७ तोला चाँदीसहित एक जना पक्राउ

    6.1K
    Shares

    चितवन । एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैँडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय कुमार विक छन् ।

    कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका–११ स्थित भोजाड–पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो । उनलाई रु दुई लाख २८ हजार १९७ बराबरको बिनाबिलको चाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको हो ।

    विकको साथबाट प्रदेश०३–००२प ७०६६ नंको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई बुधबार आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend