काठमाडौं । सांसद प्रेम सुवालले राजदूत नियुक्ति निष्पक्ष हुनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले राजदूत नियुक्तिमा करोडौं चलखेल भएको खबर आएको भन्दै यसलाई रोक्नुपर्ने बताएका हुन्।
उनले भने,‘नेपालको आर्थिक कुटनीतिका खम्बाहरु विदेशस्थित राजदूतहरु पनि हुन्। राजदूतहरु नियुक्तिमा करोडौं करोडौं चलखेल भइरहेको समाचार छ। यसकारण निर्यात प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धन प्रभावकारी नभएको हो। भ्रष्टाचार र अनियमितता नियन्त्रण आवश्यक छ। ’