काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताइएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आ.व. २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले काठमाडौं वासी नै प्रधानमन्त्री र महत्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गरे । उनले सरकारको ध्यान राजधानी बनाउने कुराहरुमा जान नसकेको पनि बताए । सांसद श्रेष्ठले काठमाडौंलाई बस्न, घुम्न, हेर्न र हिँडडुल गर्नसक्ने राजधानी बनाउनुपर्नेमा जोड दिए । उनले काठमाडौं जस्तो सांस्कृतिक शहरलाई मौलिकता कायम गर्ने गरी विकासका योजना अघि बढाउनुपर्नेमा जोड दिए ।
सांसद श्रेष्ठले काठमाडौंमा ¥यापिट ट्रान्जिट खालका बसको सिस्टम अघि बढाउन पनि सरकारसँग आग्रह गरे ।