logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बैतडी जिसस निर्वाचन जेठ २४ मा

    बैतडी जिसस निर्वाचन जेठ २४ मा

    6.5K
    Shares

     

    बैतडी । जिल्ला समन्वय समिति बैतडीको निर्वाचन यही जेठ २४ गते हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र सो समितिको चुनाव गरिसक्ने प्रावधानअनुसार चुनावको मिति तय भएको हो । मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार नौ सदस्यीय जिल्ला समन्वय समिति बन्नेछ ।

    यसमा एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित वा अल्पसङ्ख्यक सदस्य र तीन खुला सदस्य हुनेछन् । चुनावका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले उम्मेदवार हुन पाउने प्रावधान रहिआएको छ । मतदाताका रूपमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन् । निर्वाचनका लागि जेठ २१ गते मनोनयन दर्ता हुनेछ ।

    यस्तै जिल्लामा सो समितिका पदाधिकारीहरूको निर्वाचनका लागि कुनै एक दलको बहुमत नभएकाले गठबन्धन गर्नुपर्ने बाध्यता छ । स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले गठबन्धन गरेकाले समन्वय समितिको चुनावमा पनि दुवै दलले गठबन्धन गर्ने बताइएको छ । दुवै दलले गठबन्धन गरेमा उनीहरूको बहुमत पुग्ने देखिएको छ ।

    जिल्लामा १० स्थानीय तह छन् । जिल्लामा सो समिति गठनका लागि मतभारको सङ्ख्या २० छ । यहाँ काँग्रेसको मतभार नौ छ । उसले डिलासैनी गाउँपालिका उपाध्यक्ष, दशरथ चन्द नगरपालिका उपप्रमुख, पाटन नगरपालिका प्रमुख, पुर्चौडी नगरपालिका प्रमुख–उपप्रमुख, मेलौली नगरपालिका उपप्रमुख, शिवनाथ गाउँपालिका अध्यक्ष, सिगास गाउँपालिका अध्यक्ष र सूर्नया गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

    एमालेको मतभार आठ छ । एमालेले दशरथचन्द नगरपालिका प्रमुख, दोगडाकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, पञ्चेश्वर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिवनाथ गाउँपालिका उपाध्यक्ष, सिगास गाउँपालिका उपाध्यक्ष र सूर्नया गाउँपालिका अध्यक्ष जितेको छ ।

    माओवादी केन्द्रको मतभार दुई छ । उसले पाटन नगरपालिका उपप्रमुख र मेलौली नगरपालिका प्रमुख जितेको छ । त्यहाँको डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

    यसैबीच समितिको निर्वाचनका लागि खगेन्द्रसिंह धामीलाई प्रमुख पदको उम्मेदवार बनाउने काँग्रेसले निर्णय गरेको छ । काँग्रेस बैतडीका उपसभापतिसमेत रहनुभएका उनलाई समितिको प्रमुखका लागि उम्मेदवार बनाउने निर्णय भएको काँग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले जानकारी दिए ।

    उनका नाम सर्वसम्मतरूरुपमा पार्टीको प्रदेश कार्यसमितिमा पठाएको छ । समितिमा माओवादी केन्द्रसँग गठबन्धन गरेर अघि बढ्ने सहमतिअनुसार उपप्रमुख पद भने माओवादीको भागमा परेको काँग्रेसले जनाएको छ । काँग्रेसबाट प्रमुख पदका लागि उम्मेदवार बनाइएका धामी सिगास–४ को वडा सदस्यमा निर्वाचित हुन् । अन्य सदस्यका उम्मेदवार कसलाई बनाउने र माओवादीको भागमा कति सदस्य पर्ने भन्ने विषय अझै टुङ्गो लाग्न बाँकी छ । यसअघि पनि काँग्रेस र माओवादी मिलेर समन्वय समिति बनाइएको थियो । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend