logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    सेयर बजार निरन्तर ओरालो लाग्दै, बिहीबार नेप्से १८.२६ अंकले घट्यो

    सेयर बजार निरन्तर ओरालो लाग्दै, बिहीबार नेप्से १८.२६ अंकले घट्यो

    3.6K
    Shares

    काठमाडौं । बजेट वक्तव्यपछि लगातार चौथो दिन पनि सेयर बजारमा गिरावट भएको छ । गएको आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसद्मा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । नयाँ बजेटपछि बजार बढ्नेमा आशावादी रहेका लगानीकर्ता लगातार चौथो दिनसम्म पनि गिरावट भएपछि निराश बनेका छन् । साताको चौथो कारोबार दिन बिहीबार नेप्से १८.२६ अंकले घटेर २११२.४७ अंकमा बन्द भएको छ ।

    बजेटले सेयर बजारलाई सम्बोधन गर्न नसकेको भन्दै लगानीकर्ताले आलोचना गरेपछि बुधबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले बजेटले सेयर बजारलाई यथोचित सम्बोधन गरेको जिकिर गरेका थिए । उनले बजेटले पुँजीबजारलाई सम्बोधन गरेन भन्नेहरूका लागि बजेटको बुँदा नम्बर ३३२ पढेर मात्र धारणा बनाउन आग्रह गरेका थिए । उनको उक्त मन्तव्यले पनि सेयर लगानीकर्ताको मनोबल बढाउन सकेन ।

    बजेटपछिका चार दिनेमा नेप्से १११.३१ अंकले घटेको छ । गएको शुक्रबार २२२३.७८ अंकमा बन्द भएको नेप्से पछिल्लो समय डेढ वर्षयताकै न्यून विन्दुमा रहेको छ ।

    नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा सामूहिक लगानी कोष उपसूचक भने ०.१४ प्रतिशतले बढेको छ । नेप्सेमा लगातार गिरावट भइरहँदा बजारमा कारोबार रकममा पनि उत्साह देखिँदैन । आज दिनभर बजारमा एक अर्ब १६ करोड १५ लाख रुपैयाँको कारोबार हुँदा माउन्टेन हाइड्रो नेपालको सर्वाधिक १२ करोड १३ लाखको करोबार भएको छ । यस्तै, एनआईसी एसिया बैंकको ६ करोड ५५ लाख र नबिल बैंकको तीन करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज दिनभर बजारमा १९४ कम्पनीको सेयर कारोबार भएकामा १४९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । ३९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

    आज कारोबार भएका मध्ये बलेफी हाइड्रोपावरको सेयर मूल्य बढेर सकारात्मक सर्किट लाग्दा माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ४.२० प्रतिशत र उपकार लघुवित्तको सेयर मूल्य ४.०४ प्रतिशतले बढेको छ ।

    प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ६.४७ प्रतिशतले गिरावट हुँदा उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य ४.८७ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.२३ प्रतिशतले गिरावट भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend