logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रहरीको सरुवा बढुवामा अनावश्यक चलखेल बन्द गर्ने महानिरीक्षक सिंहको प्रतिवद्धता

    प्रहरीको सरुवा बढुवामा अनावश्यक चलखेल बन्द गर्ने महानिरीक्षक सिंहको प्रतिवद्धता

    5.9K
    Shares

     

    काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरीको सरुवा बढुवामा अनावश्यक चलखेल बन्द गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा हुने सबै सरुवा/बढुवा उत्कृष्टताको आधारमा गर्ने बताएका हुन् ।

    प्रहरी संगठनभित्र ब्याच छलेर तथा ब्याचका कनिष्ठलाई टिपेर सरुवा र बढुवामा प्राथमिकतामा दिने अवस्थाका अन्त्य हुने पनि बताए । महानिरीक्षक सिंहले आफ्नो ब्याचमा उत्कृष्ट हुने व्यक्तिले नै सरुवा र बढुवामा प्राथमिकता दिनेगरी आफूले काम गर्ने प्रतिवद्धता जनाए ।

    महानिरीक्षक सिंहले अघिल्ला महानिरीक्षकहरुले प्राथमिकतामा राखेर अघि बढाएका कामहरुलाई आफूले निरन्तरता दिने बताउनु भयो । उहाँले नेपाल प्रहरी आलोचित बनिरहेको निर्मला पन्त हत्याको विषयलाई टुंगो लगाउने काम आफ्नो प्राथमिकतामा रहेको बताए ।

    नेपाल सरकारले सिंहलाई गत वैशाख १८ गते प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । सिंहलाई महानिरीक्षकमा नियुक्त गरेसँगै दाबेदार मानिएका अतिरिक्त महानिरीक्षकहरुले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । यसको टुंगो अझै लागिसकेको छैन । महानिरीक्षक सिंहले आईजीपीको कार्यभार सम्हालेको आज एक महिना पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend