सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

दमौलीको सौन्दर्यकरणलाई हरियाली पार्क आवश्यक छ: वरिष्ठ नेता पौडेल

दमौलीको सौन्दर्यकरणलाई हरियाली पार्क आवश्यक छ: वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–३ स्थित बिपी वनबाटिकामा निर्माणाधीन अवस्थामा रहेको सभागृहको आज निरीक्षण गरेका छन् । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइमार्फत निर्माण भइरहेको सभागृहको वरिष्ठ नेता पौडेलले निरीक्षण गरेका हुन् । वरिष्ठ नेता पौडेलले सभागृहको निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे जानकारी लिएका छन् ।

वरिष्ठ नेता पौडेलले सभागृह आसपास रहेको खाली जग्गामा उद्यान निर्माणका लागि चासो व्यक्त गरेका छन् । सभागृहको बाहिरपट्टि रहेको ठाउँमा हरियाली उद्यान, चिल्ड्रेन पार्कलगायतका संरचना निर्माण गर्नुपर्नेमा पौडेलले जोड दिए । “दमौलीको सौन्दर्यकरणका लागि पनि हरियाली पार्क आवश्यक छ, प्रशासन कार्यालयको पुरानो भवन भत्काएर पानीको फोहोरासहितको पार्क बनाउनुपर्छ”, पौडेलले भने ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend