logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • पहिलो अभ्यास खेलमा अल स्टार्ससँग नेपाल चार विकेटले पराजित

    पहिलो अभ्यास खेलमा अल स्टार्ससँग नेपाल चार विकेटले पराजित

    2.3K
    Shares

    काठमाडौं । अमेरिका भ्रमणमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टिम बिहीबार पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको छ ।

    नेपालले प्रस्तुत गरेको १९१ रनको लक्ष्य अल स्टार्सले ३३ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

    अल स्टार्सको जितमा विमुल शर्माले ५० र गौरव बजाजले अविजित ४० रन जोडे । विपुलले ५१ बलमा चार चौका र दुई छक्का प्रहार गर्दा गौरवले ५८ बलमा दुई चौका प्रहार गरे । विपुल र गौरवले छैटौं विकेटका लागि ८३ रनको साझेदारीसहित अल स्टार्सलाई सहज जित दिलाएका थिए ।

    नेपालका कप्तान सन्दिप लामिछानेले १० ओभरमा ४९ रन खर्चदै पाँच विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङका लागि आएको नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९० रनको योगफल तयार पारेको थियो । नेपालका आरिफ शेखले ७४ बलमा पाँच चौका मद्दतमा ६० जोडे ।

    नेपालले क्रिकोणात्मक शृंखलाको पहिलो खेलमा जेठ २६ गते ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र असार १ मा अमेरिकाको समना गर्नेछ ।

    ओमान तालिकाको शीर्ष स्थानमा छ भने नेपाल छैटौं स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend