logo

२०८१ माघ १४ सोमबार

logo
  • सोमबार, १४ माघ २०८१
  • मूल्यवृद्धिसम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल

    मूल्यवृद्धिसम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल

    3.1K
    Shares

    काठमाडौं । प्रतिनिधिसभामा मूल्यवृद्धिसम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । पेट्रोलियम पदार्थसहितका वस्तुमा अस्वाभाविक मूल्यवृद्धि गरिएको भन्दै संसदमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई शुक्रबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तावक विशाल भट्टराईले प्रस्तुत गरेका हुन् ।

    साथै उक्त प्रस्तावको समर्थनमा गणेशकुमार पहाडी, राजेन्द्रप्रसाद लिङ्देन र दुर्गा पौडेल रहेका छन् । बैठकमा प्रस्ताव पेस गरेका भट्टराई र समर्थनमा बोलेका सांसदहरूले अस्वाभाविक रूपमा मूल्यवृद्धि भइरहँदा सरकारले बजार अनुमगनसमेत नगरेको बताएका छन् ।

    मूल्यवृद्धिका कारण जनजीवन कष्टकर बनिरहँदा मूल्यवृद्धि घटाउन उनीहरूको माग छ । पेट्रोलियम पदार्थमा लगाइएका कर घटाएर भए पनि मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

    पेट्रोलियम पदार्थ आयात गर्न आयल निगमको एकाधिकार तोडेर निजी क्षेत्रलाई कमिसन खाएर दिन लागेको आशंका उनीहरुको छ । अहिले उक्त प्रस्तावमाथि छलफल भइरहेको छ । छलफलका लागि दुई घण्टा समय अवधि छुट्याइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend