logo

२०८१ माघ १४ सोमबार

logo
  • सोमबार, १४ माघ २०८१
  • मेयर बालेनसँगको भेटमा मन्त्री झाँक्रीले भनिन्-फोहोर व्यवस्थापन वैज्ञानिक तरिकाबाट गर्नुपर्छ

    मेयर बालेनसँगको भेटमा मन्त्री झाँक्रीले भनिन्-फोहोर व्यवस्थापन वैज्ञानिक तरिकाबाट गर्नुपर्छ

    4.4K
    Shares

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताएकी छन् । काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न बिहीबार मन्त्रालय पुगेको काठमाडौं महानगरका मेयर उपमेयरसँगको भेटमा यस्तो बताएकी हुन् ।

    मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापन अहिलेको ठूलो चुनौति रहेको भन्दै फोहोर व्यवस्थापनको लागि नयाँ टेक्नोलोजीको निर्माण गरेर अघि बढ्न आवश्यक रहेको बताईन् । मन्त्री झाँक्रीले बञ्चरे डाँडामा व्यवस्थित तरिकाबाट फोहोर व्यवस्थापन गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने पनि मेयर उपमेयरलाई प्रतिवद्धता व्यक्त जनाईन् ।

    ‘फोहोर मैला ठूलो समस्या छ । हामी पहिला टेक्नोलोजी फाइनल गर्छौं । त्यसपछि इन्भेष्टमेण्ट मोडल, कति भोलुमको इन्भेष्टमेण्ट चाहियो ? पोष्ट क्लोजरको इस्यू ठूलो कुरा हो । अहिले हामी पोष्ट क्लोजरको इस्यूमा काम गर्छौं । बञ्चरे डाँडा वा सिस्डोल नगएका मानिसहरुका लागि सामान्य कुरा लागेपनि त्यहाँ गएकाहरुका लागि यो ठूलो कुरा हो । हामीले त्यति ठूलो गल्ती गरेका छौँ । त्यसको पेव्याक आज राज्यले गरेको छ । फोहोर बञ्चरे डाँडा नै लैजाने हो, त्यसलाई हामीले वैज्ञानिक व्यवस्थापन गरेर जानुपर्छ ।’ मन्त्री झाँक्रीले भनिन् ।

    त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मन्त्रालयले काठमाडौंको फोहोर व्यवस्थापनका लागि गरेको प्रतिवद्धता समयमै पूरा गर्न आग्रह मन्त्री झाँक्रिलाई आग्रह गरेका छन् । ‘हजुरहरुले भन्नुभएको कुरा समयमै हुनुपर्छ । टेण्डरको प्रोसेसदेखि बाटो बनाउने कुरासम्म ।’ मेयरल बालेनले भने ।

    भेटमा बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटबाट सिकेको पाठबाट अघि बढेर फोहोर व्यवस्थापन गर्नका लागि योजनाका बारेमा कुराकानी भएको थियो । सरकारले स्थानीयका माग पूरा नगरेको र उचित तरिकाले व्यवस्थापन नगरेको भन्दै बञ्चरे डाँडावासीले फोहोर फाल्न दिएका छैनन् । जसकारण लामो समययता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन ।

    काठमाडौंका सडकमा जताततै फोहोरको थुप्रो देख्न सकिन्छ । यसअघि काठमडौंका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरेर मात्रै महानगरका अन्य काम गर्ने घोषणा गरिसकेका छन् । सिसडालवासीका समस्या बुझ्न उपमेयरसहितको टिम लिएर मेयर साह आज बिहान सिसडोल पुगेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend