logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पेट्रोलियमसँगै डा.संग्रौलाले संसदमा उठाईन् खाद्यान्न महंगीको बिषय

    पेट्रोलियमसँगै डा.संग्रौलाले संसदमा उठाईन् खाद्यान्न महंगीको बिषय

    5.1K
    Shares

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसकी सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले पेट्रोलियम पदार्थको मुल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएर जनतालाई केही मात्रै राहत मिलेको बताएकी छन् ।

    संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद संग्रौलाले महगींले गरिव जनतालाई जीउनै गाह्रो भएको भन्दै पेट्रोलिय पदार्थ तथा खाद्यान्नमा भएको महंगीं घटाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

    सांसद संग्रौलाले खाद्यान्नमा पनि विश्वभर १० प्रतिशतले वृद्धि भएको सुनाउदै कृषिमा बढी ध्यान दिएर स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरिन् । होईन भने नेपालमा खाद्य संकट पनि निम्तीन सक्ने उनको भनाई थियो ।

    पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको कारण नबुझि छानबिन समिती गठन हुनुपर्छ भन्नेप्रति जवाफ दिँदै सांसद संग्रौलाले अघिल्लो सरकारको पालामा कमिसन र काण्डहरु प्रशस्तै आएकोले अहिले सरकारलाई पनि खाली आरोप मात्रै नलगाउन पनि उनले आग्रह गरिन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend