logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

    लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

    5.6K
    Shares

    दाङ । दाङ प्रहरीले घोराहीबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले गएराति पौने ९ बजेको समयमा घोराहीमा रहेको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दैगर्दा पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा रुकुमको पुथा-उत्तरगंगा गाउँपालिका–७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका–१६ का ३० वर्षीय रमेश पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

    पक्राउ परेका दुबैजनाको साथबाट प्रहरीले ६ वटा प्लाष्टिकको टुक्रामा राखेको २३० मिलीग्राम खैरो हेरोइन बरामद गरेको छ।

    घटनाको बारेमा अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend