काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले साताको एक दिन काठमाडौंमा साइकल डे मनाउन सकिने बताएका छन् । उनले साइकल निकै राम्रो भएको भन्दै साइकलका लागि काठमाडौंमा अध्ययन गरेर काम गर्न सकिने बताएका हुन् ।
साइकल लेन आवश्यक हुने र साइकल लेन भएको खण्डमा मात्र सुरक्षित यात्रा हुनसक्ने उनले बताएका छन् ।