काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । दाहाललाई भेट्न मन्त्री खाँण ललितपुरको खुमलटारस्थित दाहाल निवासमा पुगेका थिए ।
भेटमा स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिबारे छलफल भएको जनाएका छन् । भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको मन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।
भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनको निरन्तरताबारे समेत छलफल भएको थियो ।