काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक सुरू भएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।
बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी रणनीतिलगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ।