logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • एसिसि महिला टी–२० च्याम्पियनसिपका लागि महिला क्रिकेट टोलीको घोषणा

    एसिसि महिला टी–२० च्याम्पियनसिपका लागि महिला क्रिकेट टोलीको घोषणा

    4.7K
    Shares

     

     

    काठमाडौं । मलेशियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपका लागि शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

    नेपाल क्रिकेट संघ क्यानले शनिबार प्रेस बिज्ञप्ती जारी गर्दै मलेशियामा आयोजना हुने प्रतियोगिताका लागि अन्तिम चरणका लागि यो नेपाली टोलीको घोषणा गरेको हो । यद्यपि अन्तिम टोली घोषणा गर्न बाँकी छ । अन्तिम नामावली घोषणा पूर्वको टोलीमा एपिएफकी रेखा रावललाई प्रशिक्षणमा बोलाइएको छ । यस्तै गण्डकी प्रदेशबाट क्रिकेट खेल्दै आएकी मनिषा उपाध्याय पहिलो पटक राष्ट्रिय टोलीको क्याम्पमा अटाएकी छिन् । ईश्वरी विष्ट र ममता चौधरीलाई पनि प्रशिक्षणमा बोलाइएको छ । केहि साताअघि सिनियर टोलीबाट युगान्डाविरुद्ध डेब्यू गरेकी हिरन्मई राय भने टोलीमा समावेश छैनिन् ।

    प्रतियोगिता जुन १७ देखी २५ सम्म मलेशियमा हुँदै छ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेशिया सहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतरा र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् ।

    एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुन लागेको प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस अन्तर्गत नेपाल समूह बी मा रहेको छ । नेपाल सम्मिलित समूहमा बहराईन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह ए मा मलेशिया, ओमान, कतार, सिंगापुर र युएई समावेश छन् । समूहको प्रतिस्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । समूह चरणको प्रतिस्पर्धा पछि दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोबरमा आयोजना हुने महिला ट्ी–२० एसियाकपमा छनोट हुनेछन् । छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेश जस्ता टोलीसँग एसियाकप खेल्नेछन् ।

    मलेशियाको किनरारा एकेडेमी ओभल र युकेएम–वाईएसडी क्रिकेट ओभल मैदानमा आयोजना हुने प्रतिस्पर्धामा नेपालले जुन १७ मा भुटान विरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यो खेल नेपालले युकेएम–वाईएसडी क्रिकेट ओभलमा खेल्नेछन् । यस्तै नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामाना गर्दा तेस्रो खेल जुन २० मा बहराइन विरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङ विरुद्ध खेल्ने तालिका रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend