logo

२०८१ फाल्गुन ५ सोमबार

logo
  • सोमबार, ५ फाल्गुन २०८१
  • निजगढ विमानस्थल बनाउने हो, विमानस्थल बनाउने काम यसै वर्ष सुरु गछौं: अर्थमन्त्री शर्मा

    निजगढ विमानस्थल बनाउने हो, विमानस्थल बनाउने काम यसै वर्ष सुरु गछौं: अर्थमन्त्री शर्मा

    3.4K
    Shares

     

    वीरगंज । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार वीरगंज उद्योग बाणिज्य संघको ४६ आंै साधारणसभामा बोल्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    उनले भने, ‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो । यसको लागि आफू जे पनि गर्न तयार छु । यो जनार्दन शर्माको प्रतिबद्धता हो । शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो ।’

    अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी मिल चलाउने कुरा बजेटमा उल्लेख गरिएको भन्दै त्यसलाई मजाकको रुपमा नलिन पनि आग्रह गरे । उनले ५–७ महिनादेखी निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सो चिनी मिल चलाउन सरकार तयार रहेको बताए । मन्त्री शर्माले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

    कार्यक्रममा बोल्दै अर्थसचिव मधुकुमार मरासिनीले वीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend